काठमाडौं- इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हैदराबादविरुद्ध १५९ रनको लक्ष्य पछ्याएको राजस्थान १ बल बाँकी छँदा पाँच विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो।
१५९ रनको लक्ष्य पछ्याएको राजस्थानले ७८ रन बनाउँदा ५ विकेट गुमाएर दवाबमा परेको थियो। तर राहुल तेवटिया र रियान परागले ८५ रनको अविजित साझेदारी गरेर राजस्थानलाई जित दिलाए।
तेबटियाले २८ बलमा ४५ रन जोड्दै नटआउट रहँदा पराग पनि २६ बलमा ४२ रन जोडर नट आउट रहे। अन्तिम २ बलमा जितका लागि २ रन चाहिएको समयमा परागले छक्का प्रहार गर्दै एक बल बाँकी छँदै राजस्थानलाई जित दिलाए।
हैदराबादका खलिल अहमद र रासिद खानले दुई दुई विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। हैदराबादका लागि मनिष पाण्डेले सर्वाधिक ५४ तथा डेभिड वार्नरले ४८ रनको योगदान गरे।
अहिले शीर्ष स्थानको दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दैछन्।
प्रतिक्रिया