मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

सुदूर आज

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७० लाख ५३ हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७४ हजार ३८३ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।    

पछिल्लो २४ घण्टामा भारतमा ९१८ कोरोना संक्रमितको मृत्यु भएको छ । 

यता, विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ९ हजार ८५१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार ५२६ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७० हजार ३५५ संक्रमितको मृत्यु भइसकेको छ ।