मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेश विवाद : मुख्य सचेतक निलम्बित

कर्णाली प्रदेश विवाद : मुख्य सचेतक निलम्बित

सुदूर आज

सुर्खेत । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ । प्रमुख सचेतक गुलाफजङ शाहलाई दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निलम्बन गरेका छन् ।

उनको ठाउँमा सीता नेपाली नियुक्त गरेको पत्र थमाएको एक सांसदले बताए । यसअघि सचेतक नियुक्त गरिएका शाह ओली निकट हुन्। उनी सल्लायनबाट प्रतिनिधित्व गर्छन्। मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलका १८ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेको छ।

आइतबार १८ सांसदले विद्रोह गरेपछि केन्द्रबाट मिलाउने प्रयास भइरहेको छ। सोमबार बिहानै मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले छलफल गरेका थिए।

प्रचण्डले अविश्वासको प्रस्ताव तत्काल रोक्न पार्टी अध्यक्ष ओली र वरिष्ठ नेतालाई आग्रह गरेका छन्। नेता नेपालले पनि मुख्यमन्त्रीको कार्यशैली स्वेच्छाचारी भएकाले सच्चिनुपर्ने र अविश्वासको प्रस्ताव रोकिनुपर्ने बताएका छन्।

पार्टी केन्द्रले पहल गरिरहँदा मुख्यमन्त्रीले अर्को जवाफीm‘एक्सन’ सुरु गरेको प्रदेशसभा सदस्य बताउँछन्।