मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ४ हजार ४७ जनामा कोरोना पुष्टि

आज ४ हजार ४७ जनामा कोरोना पुष्टि

सुदूर आज

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ११ लाख ९१ हजार ५१४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा र १९ हजार ९५७ जना होम आइसोलेसनमा छन्।

४ हजार ८३१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज १ हजार ४७३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।