बसन्ती शाही, अछाम – युवा जागरण (सजगता) अभियान सुदूरपश्चिम प्रदेशले पूर्णता पाएको छ। अभियानको संगठन विस्तार अभियान अन्र्तगत सुदूरपश्चिम प्रदेश कार्यसमिति गठन गरिएको हो ।
प्रदेश समितिको सचिवमा अछामका धर्मेन्द्र बि सीलाई चयन गरिएको सुदूरपश्चिम प्रदेश संयोजक भुवन भट्टले बताए। सोमवार सुदूरपश्चिम प्रदेश कार्यसमिति गठन गरिए संगै प्रदेशले पूर्णता पाएको संयोजक भुवन भट्टले बताए ।
कार्य समितिको सह–सचिवमा अर्जुन पाण्डे, ( बाजुरा ), सदस्यहरुमा गणेश भण्डारीे –कैलाली), राकेश पाण्डे (कंचनपुर), लोचन कार्की (कंचनपुर) आशा जोशी डडेल्धुरा,महेश जैशी अछाम,र भागिरथी भट्ट बैतडी रहेका छन्।
युवा जागरण (सजगता) अभियानले संगठन विस्तार अभियानलाई तिब्रता दिइरहेको छ । संगठन विस्तारको क्रममा नीति, योजना तथा कार्यक्रम सञ्चालनको लागि प्रदेश कार्यसमिति गठन गरिएको अभियानले जनाएको छ ।
सामाजिक विकास बाट नै राष्ट्रको उन्नती सम्भव छ भन्ने उदेश्यका साथ अभियान सञ्चालनमा आइरहेको अभियानका संयोजक चिन्तन पौडेलले बताए । ‘युवामा भएको राजनीतिप्रतिको वितृष्णा कम गराउने, स्वदेशमै रोजगारीको सिर्जना गर्ने प्रेरित गर्ने, सिपमुलक तालिम र व्यावसायीक दक्ष जनशक्ति निर्माण गरि उद्यमशिल बनाउने अभियानको लक्ष्य रहेको उनको भनाइ छ।
प्रतिक्रिया