मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा भएको परिक्षणमा अछामका १२ जनामा कोरोना संक्रमण

कमलबजारमा भएको परिक्षणमा अछामका १२ जनामा कोरोना संक्रमण


अछाम । जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको कमलबजार नगरपालिकमा संचालनमा आएको पिसिआर प्रयोगशालामा भएको परिक्षणमा थप १२ मा कोरोना संक्रमण देखिएको हो ।

कमलबजार नगरपालिकाका ५ र मंगलसेन नगरपालिकाका ७ जना गरी १२ जनामा संक्रमण देखिएको हो ।

बुधबार १२० जनाको परिक्षण गरिएकोमा १२ जनामा संक्रमण देखिएको कमलबजार पिसिआर प्रयोगशलाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

उनका अनुसार संक्रमण देखिएका मंगलसेनका १२ र १४ नम्बर वडाका ५ जना पुरुष र २ जना महिला तथा कमलबजारका १, ६ र ८नम्बर वडाका ५ जना पुरुष रहेका छन् ।