अछाम – कमलबजार नगरपालिकामा एक जना जनप्रतिनिधीलाई समेत कोरोनाको संक्रमण देखिएको छ ।
नगरपालिकाको वडा नं ६ बिरपथका वडाध्यक्ष रामबहादुर शाहलाई कोरोनाको संक्रमण देखिएको पुष्टी भएको हो ।
उनलाई बुधबार कमलबजार नगरपालिकामा संचालनमा आएको पिसिआर प्रयोगशालामा परिक्षणका क्रममा कोरोना पुष्टी भएको हो ।
शाहले आफुलाई कोरोना पुष्टी भएको खबर प्राप्त भएको सुदूरआजलाई बताए । शाहले आफ्नो स्वास्थ्य अवस्था नर्मल रहेको बताए ।
कोरोना सम्बन्धी लक्षण खास्सै नदेखिएको समेत उनको भनाई छ । आफु आज बाट सुरक्षित कमलबजार क्वारेण्टाईनमा बस्ने र आफ्नो सम्पर्कमा आएकालाई समेत सुरक्षित रहेर अलग बस्ने समेत शाहले आग्रह गरेका छन् ।
असोज १६ गते शुक्रबार उनी धनगढी गएका थिए भने २३ गते स्कारपियो मार्फत अछाम फर्केका थिए ।
प्रतिक्रिया