मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुधबार देशभर २६ सय ३८ संक्रमित थपिए

बुधबार देशभर २६ सय ३८ संक्रमित थपिए


काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ। यो सहित नेपालमा अहिलेसम्म १२ लाख २१ हजार ३८ जनाको कोरोना परीक्षण भइसकेको छ।

हाल नेपालमा ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ। जसमध्ये १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा र २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १७४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ जना छ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसहित नेपाल कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६७५ पुगेको छ।