मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद् पुनर्गठनमा ओलीले एकलौटी गरे – माधव नेपाल पक्ष

मन्त्रिपरिषद् पुनर्गठनमा ओलीले एकलौटी गरे – माधव नेपाल पक्ष

सुदूर आज

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको आरोप लगाएका छन् ।

उनले यसमा कुनै सहमति नरहेको र पार्टी निर्णय, सहमतिविपरीत भएको बताएका छन् प्रधानमन्त्री ओलीले बुधबार आफ्नो गुटका मात्रै मन्त्री बनाएका थिए । ओलीले बुधबार मन्त्रिपरिषद् १२ औंपटक पुनर्गठन गर्दै अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिएका थिए ।

त्यस्तै सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीला श्रेष्ठलाई जिम्मेवारी दिएका थिए । रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा दिएका थिए । सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी पार्वत गुरुङलाई दिएका थिए ।

यसप्रति नेता नेपालले असन्तुष्टि व्यक्त गरेका हुन् । “हामीसँग कुनै सल्लाह गरेको पनि छैन,” नेता नेपालको भनाइ उद्धृत गर्दैस्रोतले भन्यो, “यो पार्टी निर्णयविपरीत छ ।” स्रोतका अनुसार सहरी विकास मन्त्रालयमा ओखलढुङ्गाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारको नाम नेपाल पक्षले पठाएको थियो । ओलीले श्रेष्ठलाई मन्त्री बनाएपछि नेपाल क्षुब्ध बन्न पुगेका हुन् ।

नेपाल निकट अर्का नेताले पनि सहमति खोलामा बगाएको निष्कर्ष निकाले । “सहमति लत्याएर आफ्नमा मात्रै मान्छे मन्त्री बनाएपछि एकलौटी भएन र ? यसमा कुनै हालतमा सहमत हुन सकिँदैन,” उनले भने ।