अछाम । जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको कमलबजार नगरपालिकमा संचालनमा आएको पिसिआर प्रयोगशालामा भएको परिक्षणमा थप ६ मा कोरोना संक्रमण देखिएको हो ।
आज थपिएका सबै मंगलसेन नगरपालिकाका रहेका छन् , उनीहरु वडा नम्बर क्रमस ३,४, ५ र ७ का रहेका छन्।
बिहिबार २२४ जनाको परिक्षण गरिएकोमा ६ जनामा संक्रमण देखिएको कमलबजार पिसिआर प्रयोगशलाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।
उनका अनुसार बिहिबार कमलबजारका ३६, मंगलसेनका ३७, विनायकका ८९, रामारोशनका ५७ र जिल्ला प्रशासन कार्यालयका ५ जनाको परिक्षण गरिएको थियो।
प्रतिक्रिया