अछाम – “६५ औं प्रहरी दिवस २०७७” को अवसरमा अछाम प्रहरीले जिल्ला भरि विभिन्न कार्यक्रम गरेको छ । प्रहरी कार्यालय अछाम तथा मातहत प्रहरी इकाईहरुबाट जिल्ला स्थित रहेका विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरुको सरसफाई प्रहरीले गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय अछाममा खट्ेको प्रहरी टोलिले मंगलसेन नगरपालिका ५ मा रहेको जिल्ला अस्पताल अछाम परिसरमा सरसफाई गरेको छ । प्रहरीको एक टोलीले जिल्ला अस्पताल परिसरमा सरसफाई गरेको हो ।
आज बिहान जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज विष्ट, नर्सिङ निरिक्षक गंगा बुढामगर सहितको उपस्थितिमा प्रहरीले सरसफाई गरेका हुन् । प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने र सोही अनुसार जिल्ला अस्पताल सरसफाई गरिएको प्रहरीले जनाएको छ ।
नागरिक र प्रहरीको सहकार्य, अपराध रोकथामको लागि अनिवार्य भन्ने नाराका साथ सरसफाई गरिएको हो । प्रहरी निरिक्षक लोकेन्द्र गुरुङ्गको नेतृत्वमा आएको प्रहरी टोलीले सरसफाई गरेको हो । दिवसको अवसरमा जिल्ला अस्पतालमा आई सरसफाई गरिदिनु भएकोमा अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्टले प्रहरी संगठनलाई धन्यवाद दिए ।
यस्तै ईलाका प्रहरी साँफेबगरबाट खट्ेको प्रहरी टोलिले साँफेबगर नगरपालिका १ मा रहेको बैद्यनाथ मन्दिर परिसरमा सरसफाई, ईलाका प्रहरी कार्यालय विनायकबाट खटेको प्रहरी टोलिले वडा नम्बर २ स्थित पञ्चदेवल विनायक मन्दिरमा सरसफाई गरेको बताईएको छ ।
त्यसैगरि ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटेको टोलिले वडा नम्बर १ स्थित कमलबजार भगवती मन्दिर, प्रहरी चौकी मंगलसेनबाट खटेको प्रहरी टोलिले मंगलसेनमा रहेको षोडशा मन्दिर, कालिका भगवती मन्दिरमा सरसफाई र प्रहरी चौकी सिउडीबाट खटेको प्रहरी टोलिले चौरपाटी गाउपालिका वडा नम्बर १ स्थित सान्निकोट मन्दिर सरसफाई सहित रंङ्गरोगन गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रतिक्रिया