मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा ३७४९ कोरोना संक्रमित थपिए

२४ घण्टामा ३७४९ कोरोना संक्रमित थपिए

सुदूर आज

६८ कोरोना संक्रमितको भेन्टिलेटरमा र ३१४ जनालाई आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं ।  देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ७४९  संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७४९ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ३७ हजार  जनाको पीसीआर परीक्षण गरिएको छ ।  देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८२५ जना क्‍वारेन्टिनमा रहेका छन् । 

देशभर ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । 

शनिबार दैनिक सर्वाधिक संक्रमित थपिएका थिए । शनिबार एकैदिन पाँच हजार ८ कोरोना संक्रमित थपिएका थिए भने १४ जनाको मृत्यु भएको थियो । आइतबार देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५५२ जना डिस्चार्ज भएका थिए ।

त्यसैगरी आइतबार देशभर २२ जनाको मृत्यु भएको थियो । सोमबार देशभर चार हजार ४७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ४७३ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको थयो ।

मंगलबार देशभर तीन हजार ५५६ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५०३ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १८ जनाको मृत्यु भएको थियो । बुधबार देशभर ३७९ कोरोना संक्रमित थपिएका थिए ।