मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवप्रबेशीलाई पनि अवसरबाट बञ्चित नगर्ने कांग्रेस अछामका सभापति स्वारको प्रतिबद्धता

नवप्रबेशीलाई पनि अवसरबाट बञ्चित नगर्ने कांग्रेस अछामका सभापति स्वारको प्रतिबद्धता

सुदूर आज

मंगलसेन २ मा दुई दर्जन बढी कांग्रेस प्रबेश’

अछाम । नेपाली काङ्ग्रेस अछामका सभापती भरत कुमार स्वारले कांग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टीले सधै सम्मान गर्ने बताएका छन् । नेकपा लगायतका अन्य दल परित्याग गरी कांग्रेस प्रबेश गरेकालाई स्वागत सम्मान गर्दै सभापती स्वारले उक्त कुरा बताएका हुने ।

पार्टीमा नयाँ पुरानो नभनी अवसरहरुलाई समान रुपमा वितरण गरी भेदभाब रहित कांग्रेस अछामको सिद्धान्त रहेको बताएका हुन् । समाजका विभिन्न समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै सभापति स्वारले हरेक किसिमका सहयोग गर्न आफु सहकार्य गर्दै अघि बढ्ले बताए ।

नेपाली काङ्ग्रेस मंगलसैन नगरपालिका २ नम्बर वडा कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश एवम् बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा विशिष्ट अतिथि पुर्व पाटी सभापति पुष्प बहादुर शाहले वर्तमान दुई तिहाइको सरकारले विकासका नाममा सिन्को समेत नभाँचेर भ्रस्टाचार तर्फ उन्न्मुख भएको बताए । कोरोना भाइरस कोभिड १९ले बिश्व नै आक्रान्त बनेको अवस्थामा नेपालमा पनि जोखिम उच्च रहेको परिस्थितिमा पनि सरकार जनता बचाउन छोडेर भ्रष्टाचारको पछी लागेको शाहको आरोप थियो ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका महासमिती सदस्य बलबहादुर कुवरले मुलुकमा नेकपाको दुईतिहाई बहुमतको सरकारले जनतालाई आश्वासन बाहेक केही दिन नसकेकाले उसका गलत कामका विरुद्धमा लाग्न युवाहरु जुट्ने बेला आएको बताए ।

कार्यक्रममा नेकपा नगरकमिटी सदस्य रमेश बोगटीको नेतृत्वमा दुई दर्जन बढी नेता कार्यकर्ताहरु काङ्ग्रेसमा प्रवेश भएका छन् । काङ्ग्रेस पार्टी सभापति लगायत नेताहरुले नव प्रबेसीहरुलाइ साधारण सदस्यता बितरण गर्दै खादा अबिरले सम्मान गरेर पार्टी प्रबेश गराएका थिए ।

कार्यक्रममा बोल्दै नवप्रवेशीसीहरुले स्थानिय स्तरमा निर्माण हुने उपभोक्ता समितिदेखि सिंहदरबार सम्म भ्रष्टाचारको जालोमा लिप्त कम्युनिस्टले मुलुकको समृद्धि बन्ने शब्द भजाएर ब्रम्हलुट मच्चाइ रहेकोले आफुहरु बिरक्तिएर काङ्ग्रेसमा प्रवेश गरेको बताए ।

देशमा दुई तिहाइको सरकार हुदा पनि मुलुकमा जनताको पक्षमा काम गर्न नसकेकोले आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको नव प्रबेशीहरुको भनाई थियो । साथै केहि दिनमा बाँकी रहेका उक्त वडाका सम्पुर्ण कार्यक्रताहरुलाई पनि आफुहरु संगै साथमा लिने उनिहरुको धारणा थियो ।

वडा सभापती श्याम बहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रमका महाधिवेशन प्रतिनिधि अन्जु मल्ल शाह, जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोपबहादुर रावल, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति आमन्त्रित सदस्य जनकराज भण्डारी लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।