मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा ४ हजार ३९२ सङ्क्रमित थपिए

२४ घण्टामा ४ हजार ३९२ सङ्क्रमित थपिए

सुदूर आज

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख २६ हजार एक सय ३७ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार चार हजार तीन सय ९२ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा १६ हजार पाँच सय ३१ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा तीन हजार पाँच सय २२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ८८ हजार ४० पुगेको छ ।  

अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय १५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।