मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लाको विकासको लागि संसदमा आवाज बुलन्द गरेको छु : बोगटी

जिल्लाको विकासको लागि संसदमा आवाज बुलन्द गरेको छु : बोगटी


अछाम – क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बोगटीले जिल्लाको विकासका लागि आफु निर्वाचित भएदेखि नै लागि परेको बताएका छन् । नेकपा मंगलसैन नगरसंगठन कमिटि वडा नम्बर १३ बस्तीको डाँडीगडेमा भएको कार्यकर्ता भेटघाट, शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सांसद बोगटीले जिल्लाको समग्र विकासका लागि आफुले निरन्तर संसद, मन्त्रालय तथा विभागमा आवाज उठाईरहेको बताए।

वडा नम्बर १३ बस्तीका वडा कमिटि सचिव एकेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद बोगटीले आफ्नो पहलबाट पछिल्लो समय जिल्लामा सडक, स्वास्थ्य भवन, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा बजेट बिनियोजन भई काम भैरहेको र योजनाको प्रभावकारीताका लागि स्थानीयले समेत खबरदारी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका बिशिष्ट अतिथि मंगलसैन नगरपालिका प्रमुख पदम बोहराले आफुले चुनावमा गरेको बाचा अनुसार काम गरिरहेको भन्दै बस्तीको विकास आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे । बस्तीमा सडक, विद्युत, खानेपानी, संचार लगायतका पूर्वाधार विकासका लागि नगरले बजेट छुट्याई योजना बनाएको नगरप्रमुख बोहराको भनाई छ ।

कार्यक्रममा नेकपा मंगलसैन नगरकमिटि ईन्चार्ज चन्द्र बोहराले नेकपा जनताको पार्टी र जनताका जनजीविकाका सवाललाई पहिले देखि उठाउँदै र कार्यान्वयन गर्दै आएको पार्टी नेकपा भएको उल्लेख गरे ।

अहिले दुई तिहाईको सरकारले केही गरेन भन्ने भ्रम फैलाईएको भन्दै कोरोना कहरका वीचमा पनि सरकारले राष्ट्र, राष्ट्रियता, विकास निर्माण लगायतका क्षेत्रमा काम गरिरहेको ईन्चार्ज बोहराको भनाई छ ।

यसै बीच मंगलसैन नगरपालिका वडा नम्बर १३ बस्ती डाँटीगडेमा ६८ जना बढी नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । डाँडीगडेमा भएको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा डाँडीगडे टोलका ६८ जना भन्दा बढी व्यक्ति नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश भएका हुन् ।

६८ सहित केही भारतमा बस्नेले समेत आफु नेकपा प्रवेश भएको पत्राचार गरेका केही प्रवासी समेत नेकपा प्रवेश भएका नेकपा मंगलसैन नगरकमिटि इन्चार्ज चन्द्र बोहराले जानकारी दिए । देश र गाउँको लागि कांग्रेस बाट कुनै काम नभएको भन्दै नेकपा प्रवेश गरेको प्रवेशीहरुको भनाई थियो । टेकबहादुर बोगटी, गणेश बोगटी, भक्त बोगटी लगायतका सक्रिय कार्यकर्ता नेकपा प्रवेश गरेका इन्चार्ज बोहराको भनाई छ ।