मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुगलले ल्यायो नजिकको मतदान केन्द्र पत्ता लगाउन नयाँ फिचर

गुगलले ल्यायो नजिकको मतदान केन्द्र पत्ता लगाउन नयाँ फिचर


वाशिङ्टन । अल्फाबेट इंक गुगलले संयुक्त राज्य अमेरिकामा मतदाताहरुलाई आफ्नो नजिकको मतदान केन्द्र पत्ता लगाउन सजिलोका लागि नयाँ फिचर ल्याएको छ । 

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई आफ्नो नजिकको मतदान स्थल पत्ता लगाउन सजिलोका लागि गुगलले आफ्नो सर्च इञ्‍जिन, नक्सा र भ्वाइसमा नयाँ फिचर ल्याएको जनाएको छ ।

व्यक्तिगत मतदान वा हुलाकमार्फत गरिने मतदान विवरणहरू “प्रारम्भिक मतदान स्थान” वा “मेरो नजिकको मतपत्र ड्रप बक्सहरू” को सर्चमा फेला पार्न सकिने गुगगलले जनाएको छ । 

तथ्यांकहरु राज्यका मतदान अधिकारीहरु र गैर-पार्टी, गैर नाफामुखी नागरिक समूह डेमोक्रेसी वर्क्सबाट तानिएकोसमेत गुगलले जनाएको  छ। 

गुगलले आफ्नो भ्वाइस-असिसटेन्टले पनि नजिकै मतदान गर्नेबारे जानकारी दिनसक्ने जनाएको छ । गुगल म्यापले मतदानस्थलको दिशा निर्देशन गर्न र मतदानस्थल पुग्‍न लाग्‍ने समयबारे जानकारी गराउने छ । – रोयटर्स