अछाम । नेपाल प्रजातान्त्रिक महासंघको सूचना तथा प्रचार बिभागको सुदुरपश्चिममा ४ जना सदस्य मनोनीत भएका छन् ।
जसमा अछामबाट पत्रकार, निराकरण खबरका प्रकाशक, रेडियो साँफेबगरका सहायक स्टेशन म्यानेजर एवंम नेपाल प्रेस युनियन अछामका जिल्ला सदस्य तारामान खड्का रहेका छन ।
अन्य सदस्यमा बाजुराबाट नेपाल प्रेस युनियन बाजुराका पुर्व अध्यक्ष हाल केन्द्रिय पार्षद, नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक उपाध्यक्ष, प्रदेश पार्षद तथा नेबिसंघ बाजुराका पुर्व अध्यक्ष छक्क मल्ल, नेपाल प्रेस युनियन उपाध्यक्ष डडेल्धुरा योगेन्द्र रावल र प्रेस युनियन लम्की कैलाली शाखा पुर्व कोषाध्यक्ष हाल केन्द्रिय पार्षद तथा घोडाघोडी साप्ताहिकका सम्पादक जमुना न्युरे रहेका छन् ।
नेपाल प्रजातान्त्रिक महासंघ सुचना तथा प्रचार बिभाग सुदुर पश्चिम प्रदेशको प्रदेश संयोजक दीपेन्द्र बस्नेतका अनुसार समितीले मनोति भएसंगै पुर्णता पाएको बताए ।
प्रतिक्रिया