मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा देशभर ५७४३ कोरोना संक्रमित थपिए

२४ घण्टामा देशभर ५७४३ कोरोना संक्रमित थपिए

सुदूर आज

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप पाँच हजार ७४३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७४३ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ५७६  रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ९९६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९९ हजार ६०५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २० हजार ११८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ३४ हजार ८९६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १४ हजार ६७४ जना र होम आइसोलेसनमा २९ हजार ८०० जना रहेका छन् । आजसम्म देशभर चार हजार ६५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ ।

शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । 

आइतबार देशभर दुई हजार ९४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३२६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

सोमबार देशभर तीन हजार ७९० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३३५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

मंगलबार देशभर तीन हजार ९३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार १०८ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।