बाजुरा – जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ५ को बिरसैनमा सम्पुर्ण परियोजना र पिसविन बाजुराले सोमबारदेखि बुधबार सम्म राहत वितरण सुरु गरको छ।
बुढिनन्दा नगरपालिका वडा न ३,४,५ का कृषक समुहका अति विपन्न र गर्भवती महिलालाई खाद्यान्न सामाग्री र प्रत्येक वडामा सरसफाइ गर्ने परिवारलाई झोला स्वास्थ्य सुरक्षा सामाग्री सामान सहित दुई लाख अन्ठानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ बयानब्बे पैसाको खाद्यान्न सामाग्री राहत वितरण गरिएको हो ।
उक्त राहत वितरण सम्पूर्ण परियोजना र पिसविन बाजुराले खाद्यान्न ३० केजी चामल ३ केजी दाल २ लिटर तेल र २ केजी चिनी सरसफाइका सामाग्री झोला सावुन माक्स तौलिया लगात २९८४८९.९२ खाद्यान्न र सरसफाइका सामाग्री वितरण गरिएको सम्पुर्ण परियोजनाका कृषि संयोजक नरेश मल्लले बताए ।
विपन्न परिवार गर्भवती महिला सरसफाइ गर्ने परिवारलाई अलि अलि भए पनि राहत सो खाद्यान्न र सरसफाइको सामाग्री तीन वटा वडाका रहेको कृषक समुहका अति विपन्न गरिब परिवार गर्भवती महिलालाई ३० केजी चामल ३ केजी दाल २ लिटर तेल २ केजी चिनी र सरसफाइ गर्ने परिवारलाई झोला र स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिएको सम्पुर्ण परियोजना कृषि संयोजक मल्लले बताए।
प्रतिक्रिया