मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फ्रन्टलाईनर चिकित्सक डाक्टर गौचनलाई कोरोना संक्रमण

फ्रन्टलाईनर चिकित्सक डाक्टर गौचनलाई कोरोना संक्रमण


अछाम ।

फ्रन्टलाईनर रहेका चिकित्सक डाक्टर विकास गौचनलाई कोरोना संक्रमण भएको छ । डा. गौचन अछाममा पहिलो पटक संंक्रमण देखिएका व्यक्ती देखि नै बिरामीको उपचारमा सक्रिय भएका थिए ।

उनि बयालपाटा अस्पतालमा आउने बिरामी तथा कोरोनाको सामान्य लक्ष्यण तथा पोजेटिभ देखिएका बिरामीको समेत उपचारमा सक्रिय भएर लागेका थिए ।्उनले बयालपाटामा एकैपटक १९ जना भन्दा बढी संक्रमण देखिएका कर्मचारी तथा स्वास्थ्यकर्मीको समेत उपचारमा संलग्न भएका थिए ।

डाक्टर गौचन अछाममा कोरोना नियन्त्रण तथा रोकथामका लागि संक्रिय रुपमा लागेका थिए ।
उनै डाक्टर गौचनलाई आईतबार बिहान प्राप्त रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । अछाम जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित पिसिआर परिक्षणका क्रममा डाक्टर गौचनलाई संक्रमण देखिएको हो ।

आफुलाई कोरोना संक्रमण पुष्टी भएपश्चात आफु सुरक्षित साथ अस्पतालको क्वाटर होम आईश्वलेसमा बसिरहेको उनले बताए । आफुमा सामान्य रुघाखोकी र ज्वरोको लक्ष्यण रहेको र सोही अनुसार उपचार गरिरहेको बताए ।