सन् २०११ मा दन्त चिकित्सक बिडिएस सकेका डाक्टर रेखा शेरचन हाल न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा दन्त चिकित्सकको रुपमा कार्यरत छन् । काठमाण्डौेँमा घर भई यूनिर्भसल कलेज अफ मेडिकल साईन्सेस बाट बिडिएस सक्नु भएका डा. शेरचनलाई पढाई पश्चात एक बर्ष धरानमा दन्त चिकित्सक भएर काम गरेको समेत अनुभव छ । लिभरपुल बिश्वबिद्यालयबाट एमपिएच तथा ग्लोबल हेल्थमा हेल फेलोसिप गर्नुभएका डा. शेरचनले दुर्गम अछाममा बसेर दन्त सेवा दिन थालेको ६ बर्ष पुगेको छ । राजधानीमा हुर्केर शहरिया जीवनमा रमाउनु भएका उनको अनुभव तथा दन्त सेवा लगायतका बारेमा सुदूरआजसंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
डासाब तपाई स्वागत छ, सुदूरआजमा ।
धन्यवाद ।
तपाईलाई दन्त चिकित्सक हुने प्ररेणा कसरी मिल्यो ।
म आफु सानै छदाँ दाँतमा समस्या भईराख्थ्यो । त्यही आफ्नो भोगाईको आधारमा दन्त चिकित्सक भएर सेवा गर्नुपर्छ भन्ने भावना जागृत त्यति बेला देखि नै थियो । बाल्यकालमा प्राय दाँतमा किरा लागेको थियो । धेरै पटक आफु दन्त चिकित्सकको मा धाउने गर्थे । अरु बिरामी भएर पनि अस्पताल त गईन्थ्यो नै तर म आफु दाँतको बिरामीले बढी अस्पताल गएको सम्झना छ । उ बेला आफ्नो घरमा दाँतको कुनै पनि डाक्टर अथवा सल्ला दिने मान्छे थिएन । त्यसै कारण पनि मलाई साईन्स मै प्लस टु सकेर दाँतको चिकित्सक बन्नु पर्छ भन्ने प्ररेणा मिल्यो । त्यही अनुसार अघि बढेर दन्त चिकित्सक ुहन सफल भए ।
प्राय जसो नेपालको सन्र्दभममा धेरैजसो मानिसहरु एमबिबिएस तर्फ नै आर्कषित हुने तर यो दन्त चिकित्सक तर्फ त्यति धेरै मन नजानुको कारण के होला ?
धेरै जनाको मन के हुन्छ भने पढ्नु पर्ने डाक्टर नै हो त्यसैले सम्रग सबै हेर्न मिल्ने गरी एमबिबिएस नै गरौँ भनेर त्यसरी रोजेका हुन्छन् । धेरै जसो महिलाहरु दन्त चिकित्सक तर्फ बढी छन् र आर्कषित पनि छन् । पुरुषहरु कम नै छ यो क्षेत्रमा । बिडिएस खास महिलाले बढी प्रबेश गर्ने क्षेत्रका रुपमा पनि लिने गरिन्छ । रात्रीको समयमा काम नपर्ने, परिवारलार्य समय दिन मिल्ने भएका कारण पनि महिला बढी प्रबेश हुन्छन । यस्तै बिडिएस पछि एमडिएस तत्काल गरिहाल्नु पर्ने अवस्था पनि हुदैन । त्यसैले यो क्षेत्रमा महिला बढी छन् पुरुषको तुलनामा ।
मान्छेलाई बिभिन्न रोग त लाग्छ नै त्यसमा दाँत र मुखको बिरामी पनि हुने नै भए तर यो दाँत र मुखको रोगलाई त्यति महत्व नदिनुको कारण के होला ?
पहिलो कुरा त धेरै जसोमा जनचेतनाको कमि छ । सबैभन्दा डाईजेष्टी पार्टको पहिलो चरण भनेको नै मुख हो । हामीले खानेकुरा सबै मुखबाटै लिने हो । तर मान्छे हरुले त्यो कुरा ध्यानमा नराखी लापरबाही गरेजस्तो लाग्छ । झन् गाँउघर तिर त धेरै बर्ष देखि ब्रस नै नगरेका पनि हुन्छन् । मान्छेहरुलाई दाँत सम्बन्धी रोग समस्या र यसले दिर्घकालिन रुपमा पार्ने असरका बारेमा त्यति ज्ञान नभएका कारण पनि यसमा ध्यान तथा महत्व नदिएको हुनुपर्छ ।
यसले गर्दा पछि गएर कस्तो प्रकार समस्या आउन सक्छ, दाँत र मुखको उपचारको महत्वको बारेमा बताई दिनुस् न ?
यो दुर्गम क्षेत्रमा बढी दुई बर्गमा बढी समस्या छ । एक १४ बर्ष भन्दा कम उमेर समुह र अर्को बुढापाकामा बढी समस्या छ । दाँत र मुखको केयर नगर्दा उनिहरुमा बढी समस्या देखिएको हो । यदि हामीले दाँत तथा मुखको केयर तथा समस्या आएमा समयमै उपचार गरेनौँ भने पछि गएर मुटुको रोग पनि हुन सक्ने सम्भावना हुन्छ । किनभने मुखमा हाम्रो एकदमै धेरै किटाणु हन्छ । दाँतमा किरा लागेपछि हुने ईन्फेक्सन छ त्यो भएमा पछि गएर छाती सम्म फैलिएमा बिकराल रुप लिन सक्छ । गिजामा हुने समस्याले दाँत उमेर नपुग्दै हल्लिने हुन्छ । जिब्रोको तल्लो भाग र गालासम्ममा सुन्निेन र पिप जन्मीने समस्या पनि दाँत र मुखको केयर नगर्दा आउने समस्या हो । सास फेर्न नलिमा समेत समस्या आउन सक्छन् ।
दाँत र मुखमा बढी के कारण ले समस्या आउछ होला ?
स्वस्थ्य मुख स्वस्थ्य शरिर भन्ने ज्ञान सबैमा हुनुपरयो । यदि मुख स्वस्थ्य भएन भने बिभिन्न रोगले शरिरमा समेत समस्या आउन सक्छ भने दिर्घ रोगीलाई झन जटिल समस्या निम्त्याउन सक्छ । शरिरमा कुनै पनि रोगको संकेत मुख, गिजा तथा दाँतमा आउन सक्छ । जस्तै मधुमेह, एचआईभी, उच्च रक्तचाप जस्ता रोगहरुले समस्या पार्न सक्छन् । एक त बंशाणुगतले पनि समस्या आउछन् । अर्को हेल्च्याक्र्याई पनि हो । मान्छे अल्छी लागे जस्तो गर्छन आवश्यक्ता अनुसार ब्रस गर्दनैन् । जस्तो कुनै मान्छैलाई छाती दुख्ने समस्या भयो भने उ तुरुन्त अस्पताल जान्छ तर त्यहि मान्छे दाँत दुखेमा प्राय अस्पताल जादैन । त्यो समस्या नै पछि गएर ठुलो हुने हो । दाँतमा किरा सुरुमा नदुखेर नै आउछ । त्यो नै पछि गएर ठुलो रुप लिएर समस्या आउने हो ।
तपाई त बिगत ६ बर्ष देखि नै दुर्गम अछाममा बसेर दाँत तथा मुखको उपचारमा संलग्न हुनुहुन्छ । यो क्षेत्रमा कस्तो खालको बिरामी बढी आउछन् ।
२० देखि ४० बर्ष बिच उमेर समुह खास्सै आउदैन । मुख्य रुपमा बालबालिका र ५० कटेका मान्छेहरु बढी अस्पताल आउछन् । किनभने उनिहरुले ब्रस गर्दैनन् । बच्चाहरु स्कलु गएपनि स्कुलमा समेत यो दन्तका बिषयमा सामान्य जानकारी नहुनुले समस्या हुने गरेको छ । यहाँ आउने बिरामी भनेको दाँत हल्लिएर, किरा लागेर, गिजा सुन्निएर आउने गरेका छन् ।
यस्तो समस्या आउन नदिन सानै उमेर देखि बृद्धसम्मको मान्छेले के गर्नुपर्ला ?
जब बच्चाको दाँत उम्रिन्छ त्यो बेला देखि नै बच्चा संग नजिक आमा हुन्छन् । आफ्नो बच्चाको गिजामा सफा कपडाले आफ्नो हात सफा गरेर कपडालाई औलामा बेरेर गिजाहरु सफा गरिदिने गरेमा पछि गएर दाँतमा समस्या आउदैन । सबै दाँत आईसेपछि दिनको दुई पकट फ्लोराईडयूक्त पेष्टले ब्रस गर्ने गरेमा दाँतमा समस्या आउदैँन । अर्को दाँत समय समयमा हेर्ने र त्यस्तो केही कालो दाग वा अन्य समस्या देखिएमा अस्पतालमा गएर उपचार गर्ने गरेमा भबिष्यमा समस्या आउदैँन । बर्षमा एक पटक दन्त चिकित्सकलाई भेटेर सल्लाह तथा उपचार गर्नु अझ उत्तम हुन्छ । स्कुलहरुमा बालबालिकालाई पढाई संगसंगै दाँत र मुख सफ ागर्ने बारेमा जानकारी गराए पनि यो समस्या आउदैन । दिनमा दुई पटक ब्रस गर्ने र यसको तरिकाका बारेमा शिक्षकहरुले बिद्यालयमा बताई दिने पनि यो समस्याका रुपमा नआउन सक्छ ।
दाँतको उपचार महंगो हुन्छ भनेर पनि प्रायजसो मासिनहरुले यसको उपचार गर्न रुचाउदैँनन् । यो पनि एक समस्याको कारण हो की ? खास के हो यसको उपचार महंगो नै हो त ।
अरुको तुलनामा यसको उपचार अलि महंगो त छ । पहिलो कुरा त यसको संचालन गर्न खर्च बढी लाग्छ र यसको सामाग्रीहरु पनि महंगो हुनाले उपचार पनि केही महंगो हुन्छ । सुबिधा सम्पन्न ठाँउको मानिसहरु पनि उपचार गर्न मान्दैनन् । गाँउघरमा त झन् बढी समस्या छ । दुर्गममा असपताल स्तरिय सुबिधा खास्सै छैन । क्लिनिकहरुको भरमा मान्छेले उपचार गर्नुपर्छ । तर बयालपाटा अस्पतालमा आधारभुत सेवा हामीले निशुल्क रुपमा प्रदान गरेका छौँ । यो सेवा सिमित ठाँउमा मात्र निशुल्क छ । सुदूरपश्चिमको अछाम बाजुरा र डोटी लगायतका जिल्लाका मान्छेका लागि सहज रुपमा यो उपचार लिन बयालपाटा अस्पताल पायक पर्छ । सुदूरपश्चिममा दन्त चिकित्सक पनि १÷२ जना मात्र छन् । अछाममा महिला दन्त चिकित्सकको रुपमा म मात्रै एक्लो हो ।
बयालापाटा अस्पतालमा उसो त सबै सेवा देखि दन्त सेवा पनि निशुल्क छ, यहाँ कस्तो कस्तो दन्त सेवा हुन्छ ?
नेपाल मै निशुल्क रुपमा दन्तको सेवा दिन बयालपाटा अस्पतालमा मात्र होला, अन्य ठाँउमा समान्य भएपनि खर्च हुन्छ । हाम्रोमा सुरुको टिकट देखि नै सबै उपचार सेवा निशुल्क छ । मैले अघि भने दात सफा भर्ने, दाँत भर्ने, दाँत निकाल्न मिल्ने सेवा हामीले दिईरहेका छौँ । गएको २ बर्ष यता हामीले आरसिटी सेवा पनि दिने गरेका छौँ ।
देशभर कोरोनाको कहरले कतै अछुतो हुन सकेन त्यसको प्रभाव अछाममा पनि पर्यो यो बेला तपाईले कसरी काम गर्नुभयो ?
हो, सुरु सुरुमा एकदमै त्रसित स्थिती भएका कारण दन्त सेवालाई कसरी अगाडी बढाउने भन्ने बारेमा छलफल भयो । छलफल पश्चात एकदमै अत्यावश्यक बिरामीलाई सेवा दिने भन्ने निष्कर्ष बयालपाटा अस्पतालमा भयो । अन्य सामान्य खालको उपचार पछि गर्ने भनेर निर्णय भयो । म सहित डेण्टल हाईजिनिष्ट मिलेर पिपिई प्रयोग गरेर भएपनि आवश्यक सेवा दियौँ । तर पछि गएर अस्पतालका कर्मचारीहरुलाई नै कोरोना देखिएपछि अत्यावश्यक सेवा मात्र दिन थाल्यौँ । दन्त सेवाबाट जोखिम धेरै हुने भएकाले दशैँ तिहार पछि स्थिती हेरेर विस्तारै सेवा सुरु गर्ने हाम्रो योजना छ ।
प्रायजसो ठाँउमा सरकारी दन्त सेवा भन्दा पनि क्लिनिकहरु बढी संचालनमा छन् । यि कसरी संचालन हुनुपर्थ्यो, कस्तो मापदण्ड पुरा गरेको हुनुपर्थ्यो, तपाईले कस्तो पाउनु भएको छ ?
मैले बिगत ५ बर्ष यता देखि नै क्लिनकहरु संचालनका बारेमा जानकारी राखेको छु । ति क्लिनिकहरुमा दन्त चिकित्सक छैनन् । दन्त चिकित्सक नभई क्लिनिक संचालन गर्नु अबैधानिक मानिन्छ । शहर तिर पनि कस्तो टे«न छ भने दन्त चिकित्सकको नाम दिने तर किल्निकहरुमा चिकित्सक नहुने हाईजिनिष्ट र असिष्टेण्टले संचालन गरेको पाईन्छ । यो पेशामा पनि हाईजिनिष्ट, सिडिएस, बिडिएस, एमडिएसको फरक फरक काम कतव्र्य र अधिकार हुन्छ । कस्ले कति सम्म का मगर्नै भन्ने तर त्यस्तो भएको देखिदैँन । तर अर्को कुरा सबै ठाँउमा चिकित्सक नै पुग्न पनि सम्भव छैन । त्यसकारण चिकित्सक नपुगेको दुर्गम ठाँउमा हाईजिनिष्ट र सिडिएसहरुले भएपनि सेवा दिन राम्रो हो त्यसको म कदर गर्छु । तर गर्न नमिल्ने कुरामा उनिहरुले पनि साबधानी अपनाउदाँ राम्रो हुन्छ । यसमा सम्बन्धीत निकायले अनुगमन तथा नियमन गर्न आवश्यक हुन्छ ।
तपाईले दुर्गम क्षेत्रमा दन्त सेवा दिन थालेको ६ बर्ष भएछ यो अवधिमा संस्थागत तथा व्यक्तीगत रुपमा के उपलब्धी हासिल भयो जस्तो लाग्छ ?
पहिलो कुरा त दुर्गम क्षेत्रमा पनि डेण्टल जस्तो सेवा निशुल्क रुपमा दिन पायौँ र जनताले सहज सेवा पाए जो अछाममा हामीले सुरु गर्नु पहिले यो सेवा निशुल्क तथा सहज उपलब्ध थिएन । आफुले पढेको र सिकेको कुरालाई व्यवहारमा प्रयोग गर्न पाईयो । सबै सेवा निशुल्क भएका कारण बिरामी पनि धेरै आउने गर्छन र आफ्नो क्षमताले भ्याएसम्म र उपलब्ध श्रोत साधनले दन्त तथा मुखको सेवा गर्ने अवसर मिल्यो । दुर्गममा उपचार नपाई बाध्य भएर शहर जानुपर्ने अवस्था थियो भने कतिपयले आर्थिक अभावमा उपचार समेत नगरेको अवस्थामा आफु अछाम पुगेर निशुल्क सेवा दिन पाउदाँ छुट्टै आनन्द मिलेको अुनुभुती भएको छ । दुर्गम अछाम सहित बाजुरा र डोटीका जनता सेवा लिन आउछन् । उनिहरुलाई उपचार गरेर खुशी बनाएर घर पठाउदाँ उनिहरुले दिन आर्शबाद नै मेरो कमाई हो । यहाँका मासिनको सहयोगी र माया गर्ने स्वभावले काम गर्न थप उत्साह मिलेको छ ।
अर्को कुरा म अछाममै रहेका बेला एमपिएच र ग्लोबल हेल्थमा फेलोसिप गर्ने अवसर समेत मलाई प्राप्त भयो । त्तपश्चात मैले यहाँको जीवनशैली, संस्कृती, भेसभुषा बुझ्ने अवसर मिल्यो । दन्त चिकित्सकको साथसाथै मैले जनस्वास्थ्य अध्ययन गरिसकेपछि यहाँको समग्र स्वास्थ्य अवस्था, नारीले भोग्नु परेको समस्या, विभिन्न कुप्रथा जस्तै छाउपडी, महिला हिंसा, अन्धबिश्वासका बारेमा जानकारी पाउदाँ यसको अन्त्यका लागि आफुले पनि सक्दो सहयोग गर्ने अवसर प्राप्त भएको छ । आगामी दिनमा समेत म यस बिषयमा निरन्तर क्रियाशिल भएर लाग्नेछु भन्ने प्रेरणा समेत मिलेको छ ।
दन्त सेवा प्राय सबै ठाँउमा सहज उपलब्धता छैन, दुर्गममा दन्तको सेवालाई सर्भसुलभ र प्रभावकारी बनाउन के गर्नु पर्ला ?
बयालपाटा अस्पतालमा त सेवा निशुल्क नै छ । अन्य ठाँउमा पनि यस्तै प्रकारको सेवा सुचारु गर्न स्थानिय तथा प्रदेश सरकारले पहल गरेमा सेवा दिन सकिन्छ । अर्को कुरा समस्या नै आउन नदिन स्कुलमा यस सम्बन्धी जनचेतनाका कुरा गर्ने, रेडियो कार्यक्रम संचालन गरेमा सबैले यसको बारेमा जानकारी पाए सहज हुन्थ्यो होला । अर्को समस्या के छ भने दुर्गम क्षेत्र लगायत सबै ठाँउमा दन्त चिकित्सक राख्न पनि गाह्रो छ । त्यसैले यस्तो प्रकारको समस्या समाधान गर्न स्कुल हेल्थको कार्यक्रम गरेमा र बेला बखतमा शिबिर गरेमा दन्त सेवा प्रभावकारी हुन्छ । धन्यवाद ।
प्रतिक्रिया