अछाम – ढकारी गाउँपालिका वडा नम्बर ३ मा गएराति धा’रिलो हति’यार प्र’हार गरि ढकारी गाउँपालिका ७ रुजका १५ वर्षिया बालक देबेन्द्र थापाको ह’त्या गरिएको छ । ढकारी गाउँपालिका १ मा रहेको बाचकोटबाट घरजाने क्रममा ढकारी गाउँपालिका वडा नम्बर ३ को गडिहाल्ने बजार नजिकै मदिराले लट्ठ परेका ढकारी गाउँपालिका ३ का ४२ बर्षिया नरेन्द्र बुढा र अर्का अन्दाजी २७ बर्षिय आईते भनिने नर बहादुर बुढाले घर फर्किदै गरेका देबेन्द्र थापाको समुहमा रहेका ६ जना माथि च’क्कु लाठि प्र’हार गरेका प्रहरीले जनाएको छ । ६ जनाको समुहमा ४ जना भने भाग्न सफल भएपछी कुनै चो’टपटक नलागेको र धा’रिलो हति’यार प्र’हार भएपछी देबेन्द्र थापा घ’ट्ना स्थलमै बे’होस भई अ’चेत अबस्थामा जिल्ला अस्पताल अछाम ल्याई पुरयाउदा आज बिहान जिल्ला अस्पतालले मृ’त घोषणा गरेको बताईएको छ । अर्का ग’म्भीर घा’ईते वडा नम्बर ७ कै १४ बर्षित रुद्र थापाको अछाममा उपचार हुन नसके पछी थप उपचारका लागी नेपालगञ्ज रेफर गरिएको बताईएको छ । मृ’तक देबेन्दको्र श’ब जिल्ला अस्पताल अछाममा पोष्ट मार्टम पछी आफन्तको जिम्मा लगाईएको छ । गुरुकुल माध्यामिक विद्यालय ढकारीमा कक्षा ९ मा अध्ययनरत रहेका देबेन्द्रका आफन्तले आवश्यक का’रबाही सहीत अ’नुस’न्धानका लागी जिल्ला प्रहरी कार्यालय अछाममा ढकारी गाउँपालिका ३ का ४२ बर्षिया नरेन्द्र बुढा र अर्का अन्दाजी २७ बर्षिय आईते भनिने नर बहादुर बुढा माथि किटा’नी जा’हेरी गराईसकेका मृ’तकका थापाका वुवा लाल बहादुर थापाले बताउनु भयो । च’क्कु प्र’हार गर्ने ढकारी गाउँपालिका ३ का नरेन्द्र बुढालाई घरमा सुतिरहेको अवस्थामा आज बिहान नि’यन्त्र’णमा लिएको र अर्का फ’रार ब्यक्तिको खोजि कार्य जारी रहेको अछामका प्रहरी प्रमुख डिएसपि योगेन्द्र सिह थापाले बताउनु भयो ।
प्रतिक्रिया