मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देशभर १९ सय ५४ जनामा कोरोना पुष्टि

आज देशभर १९ सय ५४ जनामा कोरोना पुष्टि

सुदूर आज

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ५४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८२४८ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १४ लाख ९ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ३९ हजार ६४३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७ हजार ७०९ जना संस्थागत आइसोलेसनमा र ३१ हजार ९३४ जना होम आइसोलेसनमा छन्।

२ हजार ८८९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज २ हजार ९८१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ।