कालीकोट – एक जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कालीकोट चार दिनका लागि सिल गरिएको छ ।
कर्मचारीको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेसहित १४ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रशासन कार्यालयले जनाएकाे छ ।
अहिलेसम्म कालीकोटमा दुई सय तीन जनामा सङ्क्रमण देखिएकाे छ भने एक सय ७३ जना डिस्चार्ज भइसकेका छन् । त्यस्तै सक्रिय सङ्क्रमित ३० जना कालीकाेटका विभिन्न आइसोलेसन सेन्टरमा बसिरहेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।
प्रतिक्रिया