काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३३८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १८० जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४, भक्तपुरमा ५ हजार ५१९ र ललितपुरमा ८ हजार ३५० पुगेको छ। हाल काठमाडौँमा १६ हजार ५२१ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा १ हजार ७५ र ललितपुरमा २ हजार ४७० जना सक्रिय संक्रमित छन्।
हालसम्म काठमाडौंमा २०९ जनाको मृत्यु भएको छ भने भक्तपुरमा ६१ जना र ललितपुरमा ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रतिक्रिया