मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैदिन विश्वमा २ लाख ५१ हजार संक्रमण मुक्त, निको हुने दर ७२ प्रतिशत

एकैदिन विश्वमा २ लाख ५१ हजार संक्रमण मुक्त, निको हुने दर ७२ प्रतिशत

सुदूर आज

काठमाडौँ- विश्वभर एकैदिन २ लाख ५१ हजारभन्दा बढीले कोरोना जितेका छन् । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर संक्रमित भएका ४ करोड ५८ लाखभन्दा बढीमा संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म ३ करोड ३२ लाख ३७ हजार ७६४ जना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७२.२४ प्रतिशत मानिसले कोरोनालाई जितेका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ७३ हजार १७३ जनामा संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड १४ लाख ६० हजार नाघेको छ ।

त्यसमध्ये ८३ हजार १९१ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४८५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार २१२ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९३ लाख १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८१ लाख ३६ हजार नाघेको छ ।

यस्तै ब्राजिलमा संक्रमित संख्या ५५ लाख १९ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६३ हजार ९० जनाको मृत्यु भएको छ । ९७ लाख ११ हजार ७४८ जना संक्रमित भएकोमा ३७ लाख २३ हजार ५६० जना संक्रमणमुक्त भएका छन् ।