मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्ज – साफेबगर हवाई सञ्चालनको कुनै सुरसार नहुँदा सास्ती

नेपालगञ्ज – साफेबगर हवाई सञ्चालनको कुनै सुरसार नहुँदा सास्ती


समिट एयरलाईन्सद्धारा एकै दिन साफेबगरबाट घनगढी २ उडान

अछाम : समिट एयरले आज साफेबगर बिमानस्थममा २ उडान भरेको छ ।

एयरलाईन्सले धनगढी २ उडान भरेको हो । पहिलो उडानमा बच्चा सहित २२ जना धनगढी लियर गएको बिमानले धनगढी बाट १९ यात्रु लियर अछाम आएको समिट एयरलाईन्स अछामका प्रतिनीधी तेज कुवरले जानकारी दिए ।

उनका अनुसार साफेबगर बाट पुन १९ यात्रु लियर बिमान धनगढी लियर गएको हो । अछाम जिल्लामा धनगढी देखि साफेबगर हवाई सेवाको प्रचुर सम्भावना रहेको यसको निन्तरता दिन आवश्यक रहेको धनगढी बाट साफेबगर आएका यात्रु प्रकाश भण्डारीले बताए ।

समीट एयरलाईन्सले धनगढी बेस बनाएर सुदुर पश्चीमका पहाडि जिल्लामा उडान भर्दै आएको छ ।

अछामको लागि नियमित उडान तालीका नभएपनी यात्रुको चापलाई हेरर उडान भर्दै आएको छ । तर कोरोना कलह हुनुपुर्ब हप्ताको दुई दिन नेपालगञ्ज बाट साफेबगर हवाई सञ्चालन भईरहेको बिमान सेवा सुचारु हुने सुरसार छैन ।

कोरोनाको कारण देश नै लकडाउन भएपछी नेपालगंञ्ज बाट नेपाल एयरलाईन्सले हप्ताको दुई दिन भर्ने उडान रोकेको थियो ।

हाल लकडाउन हटेर आन्तरिक उडान सञ्चालन भईसक्दा समेत नेपालगञ्ज बाट साफेबगर अछामको साफेबगरमा हवाई सञ्चालनको कुनै सुरसार छैन । अछाम जस्ता पहाडी जिल्लामा उडान भर्ने जहाज प्राबिधीक कारणले उडाउन नमिल्ने हुदाँँ साँफेबगर लगायतका ठाउँमा उडान कटौती गरिएको नेपाल एयरलाईन्सका नेपालगञ्ज बिमानस्थल प्रमुख किरन मान श्रेष्ठले बताए ।

उनका अनुसार अछाम जस्ता पहाडी जिल्लामा उडान भर्नको निम्ती नयाँ जहाज नआउदाँ सम्म उडान भर्ने नसकीने भएको छ ।