मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जित सुनिश्चित भएको बाइडेनको भनाई, ट्रम्प अदालत जाने

जित सुनिश्चित भएको बाइडेनको भनाई, ट्रम्प अदालत जाने

सुदूर आज

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा दुई प्रतिष्पर्धी जो बाइडेन र डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको बीबीसीले जनाएको छ । 

डोनाल्ड ट्रम्पले फेरिडा, ओहायो, टेक्ससमा जित हासिल गरेका छन् ।

अहिलेसम्मको इलोक्ट्रोल मतका आधारमा भने डेमोक्रेट्स पार्टीका उमेदवार जो बाइडेनले आफ्नो अग्रता कायम राखेको बीबीसीले  आफ्नो समाचारमा जनाएको छ ।

उनले विजयी सुनिश्चित भएको बताएका छन् । अरिजोना, जर्जिया, उत्तरुी क्यारोलाइना, नेवाडालगायतका राज्यको मतगणना जारी छ । 

बाइडेनले जित सुनिश्चित भएको बताएपछि ट्रम्प अदालत जाने तयारीमा रहेको बताएका छन् । उनले केही स्थानमा धाँधली भएको भन्दै अदालत जाने तयारी गरेको बताएका छन् ।