मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा १८ जनाको मृत्यु, ३ हजार संक्रमित थपिए

२४ घण्टामा १८ जनाको मृत्यु, ३ हजार संक्रमित थपिए


काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जना संक्रमित थपिएका छन् भने ३४ सय ३० जना संक्रमणमुक्त भएका छन्। 

नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ६८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। 

कोरोनामुक्त हुनेको संख्या भने १ लाख ४८ हजार ४०८ पुगेको छ।