मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघनः रावल

राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघनः रावल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डाक्टर भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिम विवादमा आफ्नो भूमिका बढाइरहेको समाचार आईरहेका बेला नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रय रहनुभएको समाचार आइरहेको छ,’ नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’