मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुम्न जाने होइन त रारा ? धनगढी–रारा उडान सुरु

घुम्न जाने होइन त रारा ? धनगढी–रारा उडान सुरु


धनगढी : नेपालकै आकर्षक पर्यटन गन्तव्य रारा ताल घुुम्नेहरुलाई लक्षित गरी हवाई उडान सुरु भएको छ । समिट एयरले शुक्रबारदेखि धनगढी–ताँल्चा विमान स्थलसम्मको उडान सुरु गरेको हो ।

यसअघि नेपालगन्जबाट मात्रै उडान हुदै आएको मुगुको ताँल्चामा अब धनगढीदेखि सुरु भएको छ । उडान हुने भएपछि रारा घुम्नेहरुका लागि सजिलो माध्यम हुने भएको छ । पर्यटन व्यवसायी दीपक बमले अबदेखि हप्ताको १ दिन धनगढी–रारा हवाई उडान गरिने जानकारी दिए ।

यसअघि सुदूरपश्चिमका पहाडी जिल्लाहरु अछाम, बैतडी, डोटी र मंगलसेनमा धनगढी बेस भएर उडान भर्दै आएको समिट एयरले पहिलो पटक धनगढी–ताँल्चा उडान सुरु गरिएको पर्यटन व्यवसायी बमको भनाइ छ ।

पहिलो दिन समिट एयलाइन्सले १८ जना यात्रुलाई लिएर धनगढी–ताँल्चा उडान भरेको जनाइएको छ । रारा घुम्न चाहनेहरुको रहरलाई पुरा गर्नका लागि यो उडानले सहज पारेको बताउदै २ दिन र १ रातिको खाना र आवाससहितको सुविधा पनि दिइएको छ ।

खाने, वस्ने र हवाईसहितको यात्राका लागि २३ देखि २५ हजारसम्मको आर्थिक प्याकेजको तयारी गरिरहेको बमले बताए । मुगुको ताँल्चा विमास्थलबाट २ देखि ३ घण्टाको पैदल यात्रापछि रारा पुग्न सकिन्छ ।

पहिलो दिनको उडानमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरसहित संघका पदाधिकारीहरु र उनीहरुका परिवारका सदस्यहरु, बैंकरलगायतका १८ जनाको टोली रारा घुम्नको लागि पुगेको छ ।