मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाइ कोरोना संक्रमण

कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाइ कोरोना संक्रमण


काठमाडौं- नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बस्‍ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार गरिएको पीसीआर परीक्षणमा ६ केन्द्रीय सदस्यमा कोरोना पुष्‍टि भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार सुरेन्द्र पाण्डे, श्याम घिमिरे, किरण यादव, सुजाता परियार, नसिरसिद्धिकी र कृष्ण किशोर घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको हो।
 
शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो। उनकाअनुसार रिपोर्टमा केन्द्रीय सदस्यसँगै शीर्ष एक नेताको सुरक्षार्थ खटिएका दुई सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

यसअघि गत मंसिर १९ गतेका लागि बस्‍ने भनिएको केन्द्रीय कार्यसमिति बैठकलक्षित गरेर गरिएको परीक्षणका क्रममा पनि कांग्रेसका केही केन्द्रीय सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भने हिजो नै २४ कात्तिक दिउँसो १ बजेसम्मका लागि स्थगित भइसकेको छ।