काठमाडौं । आईपीएललाई ब्याट्सम्यानको खेल भन्ने गरिन्छ । किनभने आईपीएलमा सर्वाधिकार रनको लक्ष्य सुम्पिने गरेको पाइन्छ । आईपीएलको पहिलो सिजनको पहिलो खेलमा ब्रेन्डन म्याकलमको ब्याटबाट यसको सुरुवात भएको थियो । जुन एक दशकभन्दा पनि लामो समयसम्म आईपीएलमा जारी छ ।
आईपीएलको हरेक खेलमा कुनै न कुनै ब्याट्समनले कुनै न कुनै धमाका गरेकै हुन्छन् । त्यसैले पनि आईपीएललाई बट्सम्यानको खेल भनिएको हो । तर, कुनै खेलमा भने बलर पनि ब्याट्सम्यानमाथि हाबी भएको पाइन्छ ।
उत्कृष्ट पारी खेल्दै एक सिजनम ५ सय रन पूरा गर्नु त्यति सजिलो भने छैन । त्यसका लागि खेलाडीको स्तर र लयले निकै प्रभाव पारेको पाइन्छ । यस आईपीएल पनि केही खेलाडीले पाँच सय रनको आँकडा पूरा गरेका छन् ।
तर, यो रिपोर्टमा त्यस्ता ब्याट्सम्यानको विषयमा चर्चा गरिएको छ, जसले आईपीएल सिजनमा सबैभन्दा बढी पटक पाँच सय रनको आँकडा पूरा गरेका छन् ।
शिखर धवन
शिखर धवनले आईपीएलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । यस सिजनमा पनि उनी निकै लयमा छन् । दिल्ली क्यापिटल्सबाट खेलिरहेका उनले दिल्लीलाई प्लेआफसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
उनले यस सिजन पनि ५ सयभन्दा बढी रन जोडेका छन् । उनले अहिले आफ्नो आईपीएल करियरमा ४ पटक ५ सय रनको आँकडा पूरा गरेका छन् । यस सिजन शिखर धवनले लगातार दुई शतक जोडेका थिए ।
विराट कोहली
कुनै रेकर्डको चर्चा हुँदा विराट कोहलीको नाम नआउने असम्भवजस्तै छ । विराट कोहली आईपीएलमा सबैभन्दा बढी पटक ५ सय रनको आँकडा पूरा गर्ने खेलाडीको दोस्रो स्थानमा छन् ।
कोहलीले यस सिजन पनि उत्कृष्ट ब्याटिङ गरेका छन्, तर उनले यस सिजन पाँच सय रनको आँकडा पूरा गर्न सकेका छैनन् । उनीसँग अझै यस आँकडा पूरा गर्न अवसर छ । विराट कोहलीले आईपीएल करियरमा ५ पटक पाँच सयभन्दा बढी रनको आँकडा पूरा गरेका छन् ।
डेभिड वार्नर
आईपीएलमा कैयौं रेकर्ड आफ्नो नाम गरेका डेभिड वार्नरले यस सिजन पनि निकै नै प्रभावशाली खेल खेलेका छन् । यस आईपीएलमा पनि उनले पाँच सयभन्दा बढी रन जोडेका छन् । अहिलेसम्म उनले आईपीएल करियरमा कुल ६ पटक पाँच सयभन्दा बढी रन बनाएका छन् । डेभिड वार्नरले आईपीएलको यस सिजनमा उत्कृष्ट पारी खेल्दै हैदराबादलाई प्लेअफमा पुर्याउन महत्त्वपूर्ण भूमिका निभाएका छन् ।
प्रतिक्रिया