मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्तिक २६ गतेदेखि अछामको मेल्लेखबाट नियमित बस सेवा सुचारु

कार्तिक २६ गतेदेखि अछामको मेल्लेखबाट नियमित बस सेवा सुचारु


अछाम – जिल्लाको मेल्लेख गाउँपालिकाबाट नियमित बस सेवा सुचारु हुने भएको छ । मेल्लेख गाउपालिकाद्वारा संञ्चालित बस बुधबार देखि नियमित रुपमा सञ्चालन हुने भएको हो ।

आज बसेको मेल्लेख गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरे अनुसार बसको रुट प्रमिट,भाडादर कायम गर्दै कात्र्तिक २ गतेदेखि दुईवटा बस नियमित संचालन गर्ने निर्णय गरेको छ । तत्काल बस बिन्धेबासनि चौखुट्टे,मेल्लेख नन्देगडा साँफेबगर,बयलपाटा जयगढ, मंगलसैनसम्म संञ्चालन हुने जनाएको छ ।

बस संचालनको लागि आजकै बैठकबाट भाडादर पनि कायम गरेको छ । एककिलोमिटर बराबर पक्की सडकमा ४रुपैया ५पैसा र कच्ची सडकमा ९ रुपैया ५ पैसाका दरले भाडादर कायम गरिएको छ । यस्तै मेल्लेख गाउपालिकको बिकटमा रहेका वडा मध्ये वडा न ३ ठाटि र ऋषिदह वडा न १ र २ का जनता लाई सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गर्ने पनि निर्णय गरिएको छ ।

साथै मेल्लेख गाउपालिकामा कृषि पकेट क्षेत्र संचालनको लागि कृषि पकेट क्षेत्र संचालन कार्य विधि २०७७ पनि पारित गरएको छ । यस्तै गाउपालिकाबाट यस अघि गरेका बिकास निर्माण र आबश्याकताको आधारमा आगामि दिनमा गर्नु पर्ने बिकास निर्माण तथा अन्य कार्यक्रमको बिषयमा समिक्षा पनि गरेको गाउँपालिकाले जनाएको छ ।

गाउपालिकाका अध्यक्ष लोक बहादुर बोहोराको अध्यक्षतामा भएकोको बैठकमा मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहि ,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यको उपस्थिति रहेको थियो । बैठकको संचालन मेल्लेख शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र खडकाले गर्नु भएको थियो ।