मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठन भएको विभाग खारेज नगर्ने देउवाको अडान

गठन भएको विभाग खारेज नगर्ने देउवाको अडान


नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुट्न सकेन ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठमा असन्तुष्ट पक्षले दर्ता गरेको विरोधपत्रमा छलफल भएको थियो ।

बैठक शनिबार ९भोलि० दिउँसो १ बजेसम्मलाई स्थगन भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

शुक्रबारको बैठक पनि वरिष्ठ नेता पौडेल समूहले उठाएको मागमा केन्द्रित भएको थियो ।

बैठकमा सहभागी नेताहरुकाअनुसार पौडेल समूहले आफूहरुले उठाएको माग कुनैपनि हालतमा पूरा हुनुपर्ने अडान राखेको थियो ।

सभापति देउवाले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागी हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गर्नुभएको देउवानिकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

केन्द्रीय सदस्य लेखककाअनुसार शनिबार बस्ने अनौपचारिक बैठकले पौडेल समूहले उठाएका मागहरुलाई टुंगोमा पुर्‍याउने तयारी छ ।

बिहीबार बसेको अनौपचारिक बैठकमा इतर समूहले उठाएको मागको सम्बन्धमा संस्थापन पक्ष निर्णयमा पुग्न नसक्दा शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गतेलाई सारिएको थियो ।

कांग्रेसभित्र विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृसंस्थाको पदावधिलगायत विषयमा लामो समयदेखि विवाद छ ।imagekhabar