मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिकट गाउँ भुलु र रहफमा छिट्टै यातायात पुर्याउने लक्ष्य छ – सांसद बोगटी

बिकट गाउँ भुलु र रहफमा छिट्टै यातायात पुर्याउने लक्ष्य छ – सांसद बोगटी


अछाम : जिल्लाका पुर्बी भेगका बिकट गाउँ भुलु र रहफका जनताका लागि आगामि दिनमा यातायात पुगाउने लक्ष्य रहेको प्रतिनिधि सभा सदस्य माननीय यज्ञ बोगटीले बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा तुर्माखाँद गाउँपालिका संगठन कमिटीले आयोजना गरेको दशैतिहार तथा छट पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद बोगटीले आफु सधैं जनताको साथमा रहेको र कर्णली करिडोर जस्ता सडक रहफका जनताका लागि महत्त्वपूर्ण भएको र अब छिट्टै यातायातको पहुचमा पुर्याउन आफु कसरतरत रहेको उनले उल्लेख गरे ।

साथैे ढुगिशेर रहफ फिरिको काम ५० प्रतिशत सम्पन्न भएको र बाकी काम छिटो छरितो सम्पन्न गर्न ठेकादार संग पहल गर्ने र यसै आर्थिक बर्ष भित्र फिरीको उद्घाटन गरि रफालि जनताको घरमा यातायात पुगाउने आफ्नो लक्ष रहेको सांसद बोगटीले दाबी गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा तुर्माखाँद गाउँपालिका संगठन कमिटी वडा नं १ रहफ को दशैतिहार तथा छट पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष शक्तिराम शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय यज्ञ बोगटी रहेका थिए ।