काठमाडौं– कोरोना संक्रमितको संख्या हिसाबले नेपाल विश्वका १८७ मुलुकमध्ये ३४ औं स्थानमा रहेको छ। सार्क मुलकमा नेपालभन्दा अगाडि अब भारत, बंगलादेश र पाकिस्तान छन्।
शुक्रबारसम्मको तथ्यांकअनुसार नेपालमा कूल संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ भने १ हजार ७० जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या ८४ लाख ११ हजार ७ सय २४ पुगेको छ भने १ लाख २४ हजार ९ सय ८५ को मृत्यु भएको छ।
यस्तै, २२ औं नम्बरमा रहेको बंगलादेशमा संक्रमितको संख्या ४ लाख १७ हजार ४ सय ७५ पुगेको छ भने ६ हजार ३६ को मृत्यु भएको छ। यस्तै, पाकिस्तान २८ औं नम्बरमा छ जहाँ ३ लाख ४० हजार २ सय ५१ संक्रमित छन्। पाकिस्तानमा हालसम्म ६ हजार ९ सय २३ जनाको मृत्यु भएको छ।
अफगानिस्तान ८५ औं नम्बरमा छ। त्यहाँ हालसम्म संक्रमितको संख्या ४१ हजार ९ सय ७५ छ भने १ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ। श्रीलंका १२ हजार ९ सय ७० सहित १०७ औं नम्बरमा छ भने ११ हजार ९ सय ३२ संक्रमितसहित माल्दिभ्स १ सय १० औं नम्बरमा छ।
यस्तै, भुटान ३ सय ५८ संक्रमित सहित १ सय ७१ औं नम्बरमा छ। माल्दिभ्समा ३९ जनाको मृत्यु भएको छ भने श्रीलंकामा ३० जनाको मृत्यु भएको छ। हालसम्म भुटानमा एक जनाको पनि मृत्यु भएको छैन।
प्रतिक्रिया