मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना – सरकारको अपरिपक्क निर्णयले शुदुर पश्चिममा स्वाब संकलन हुनै छाड्यो

कोरोना – सरकारको अपरिपक्क निर्णयले शुदुर पश्चिममा स्वाब संकलन हुनै छाड्यो


अछाममा कोरोनाको जोखिम बढ्दै

संघीय सरकारको केही सताअघिको निर्णयले सुदूरपश्चिममा कोरोनो परीक्षण तथा उपचार गराउने सर्वसाधारणको संख्यामा कमी आएको पाइएको छ । कोरोना उपचारमा शुुल्क लिने भनी सरकारले कार्तिक २ गते सार्वजनिक गरेको निर्णयले कमी आएको पाइएको हो ।

सुदूरपश्चिमको कैलाली, डोटी, डडेल्धुरा, बैतडी, बझाङ र अछामको कमलबजार नगरपालिकामा कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको छ । जसको दैनिक ४ हजार ८ सय जनाको परीक्षण गर्न सकिने क्षमता छ ।
साउनदेखि असोज महिनासम्ममा औसतमा दैनिक ६ सयदेखि १ हजार जनाको परीक्षण हुँदै आएको थियो ।

अछामको एकमात्र कमल बजार नगरपालिकाले स्थापना गरेको पिसीआर प्रयोगशालामा हाल क्षमताभन्दा न्यून मात्रामा कोरोना परीक्षण हुने गरेको छ ।

कुनैबेला २४ घण्टामा १ सय २८ जनाको कोरोना परीक्षण गरेको प्रयोगशालाले हाल दिनमा मुस्किलले ९ जनाको परीक्षण गर्दै आएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए ।

परीक्षणको लागि स्वाव संकलन हुन छोडेकाले प्रयोगशालामा कार्यरत स्वास्थकर्मीहरु समेत फुर्सदिला बनेका छन् ।

देशका विभिन्न ठाउँमा कोरोना संक्रमण बढ्दै गइरहेका बेला अछाममा कोरोनाको जोखिम बढ्दै गएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलको कार्तिक १ गतेदेखि २० गतेसम्मको तथ्यांक अनुसार प्रदेशभर १२ हजार ११३ जनाको परीक्षण गरिएको छ । जुन ६ वटा प्रयोगशालाको कुल क्षमताको करिब ८ प्रतिशत मात्रै हो ।
त्यस्तै, महिनामा १ लाख ४४ हजार जनाको परीक्षण गर्न सम्भव छ । तर अहिले मासिक कुल क्षमताको ८ देखि १४ प्रतिशत र दैनिक ३ देखि ५ प्रतिशत नमूना मात्र परीक्षण भइरहेको छ ।

निर्देशनालयको तथ्यांक अनुसार भदौ महिनामा सबैभन्दा बढी २६ हजार २४३ जनाको नमुना परीक्षण भएको थियो । बैशाखमा सबैभन्दा कम ८ सय ८८ नमूना परीक्षण भएको थियो भने जेठमा ७ हजार ५२४ नमूना, असारमा १७ हजार १९७, साउनमा १७ हजार ९११, असोजमा २१ हजार ८९३ नमूना परीक्षण भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

समग्रमा चैत ११ गतेदेखि कार्तिक १९ गतेसम्म १ लाख ८ हजार ६२९ स्वाब नमूना संकलन गरिएकोमा १ लाख ७ हजार ७६५ नमूना परीक्षण भएको छ । तर सरकारको शुल्क लिने निर्णय आएपछि हाल दैनिक डेढ सयदेखि ५ सय जनाको मात्रै परीक्षण हुन थालेको हो ।

अछाममा कोरोना परीक्षणको लागि स्वाब संकलन हुन छोडेको छ ।