मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्बी अछामका दुरदराजमा आधारभुत आवस्यकता कार्यकालमै पुरा गर्छु – सांसद बोगटी

पुर्बी अछामका दुरदराजमा आधारभुत आवस्यकता कार्यकालमै पुरा गर्छु – सांसद बोगटी


अछाम : प्रतिनिधि सभा सदस्य एवम् अछामका युवा नेता यज्ञ बोगटीले पुर्बी अछामका दुरदराजका गाउँहरुमा स्वास्थ, शिक्षा, खानेपानी तथा यातायात जस्ता कुरामा कहिलै कमि हुन नदिने बताएका छन ।

दशै तिहार तथा छट पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद बोगटीले आफ्नो कार्यकाल भित्र गरिब तथा दिन दुखी हरुका खरका छानालाई टिनकोको छानामा रुपान्तरण गर्ने दाबी गरे ।

नेपाल कम्युनिस्ट पाटी नेकपा तुर्माखाँद गाउँपालिका वडा न २ भुलुको दशै तिहार छट पर्व को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष दिक्पाल शाही को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवम् अछामका युवा नेता यज्ञ बोगटी रहेका थिए ।

साथै बिकट गाउँ भुलुमा पहिलो चोटी माननियको आगमनले त्यहाँका स्थानिय नागरिकले खुसी ब्यक्त गरेका छन ।