अछाम – जिल्लामा एक हजार भन्दा बढी कोरोना मुक्त भएका छन् । स्वास्थ कार्यालय अछामका अनुसार एक हजार एक सय जना कोरोना मुक्त भएका हुन् ।
जिल्लामा हालसम्म एक हजार एक सय ४४ जना कोरोना सक्रमितको संख्या पुगेको छ । त्यसमध्ये १ हजार १ सय कोरोना मुक्त भएका हुन् । अहिले ४० जना कोरोनाका सक्रीय संक्रमित रहेका छन् ।
कोरोनाका कारण ४ जना मृत्यु भएको स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देब जोशीले जानकारी दिए । जिल्लाको कमलबजार नगरपालिकाबाट अहिले कोरोना परिक्षण भईरहेको छ ।
नगरपालिकाकाले आफ्नै लगानीमा पिसिआर मेसिन भित्रयाएर असोजदेखि परीक्षण कार्य सुरु गरेको छ । अहिलेसम्म कमलबजार प्रयोगशालाबाट एक हजार ५ सय २६ जनाको कोरोना परीक्षण गरिएको कोभिड १९ प्रयोगशालाका सुचना अधिाकरी टेकबहादुर बिष्टले जानकारी दिए ।
प्रतिक्रिया