अछाम । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा अछामको अध्यक्षमा बम बहादुर रावल चयन भएका छन् । दोश्रो कार्यकालको लागि आईतबार भएको तेश्रो साधारण सभा तथा जिल्ला अधिबेशनबाट रावल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा उद्यमी बिष्णु स्वार, कोषाध्यक्षमा दलबहादुर साउद लगायतका १२ सदस्यि कार्यसमिती चयन भएको छ ।
दोश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका बम बहादुर रावलले महांघ अछामलाई चलायमान बनाउदैँ जिल्लामा क्रियाशिल भएर काम गर्ने बताएका छन् । जिल्लाका सबै पालिकाका उद्यमी तथा व्यावसायीहरुलाई समेत समितीमा समेट्ने गरी काम गर्ने उनको प्रतिबद्धता छ ।
आइृतबार भएको जिल्ला अधिबेशन तथा तेश्रो साधारण सभाका प्रमुख अथिति नेपाल घरेलु तथा साना उद्योग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष नर बहादुर रावल प्रमुख अथिति रहेका थिए ।
जिल्ला अध्यक्ष बम बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अथिति महासंघका केन्द्रिय सदस्य तथा पत्रकार महासंघका प्रदेश सदस्य पुष्पराज भट्ट रहेका थिए ।
प्रतिक्रिया