मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावमा धाँधली भएको छैन : अमेरिकी संघीय निर्वाचन आयोग

चुनावमा धाँधली भएको छैन : अमेरिकी संघीय निर्वाचन आयोग

सुदूर आज

काठमाण्डाै – अमेरिकी राष्ट्रपतीय चुनावमा कुनै पनि धाँधली नभएको संघीय निर्वाचन आयोगले प्रष्ट पारेको छ ।

संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले अहिलेसम्म कुनै पनि धाँधलीको प्रमाण फेला नपरेको प्रतिक्रिया दिनुभएको हो । तर, राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा हाल्नुभएको छ ।

नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनुभएको छ ।

उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरु उल्टाउने संकेत दिनुभएको छ । बाइडेनले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको निर्णय उल्ट्याउने तयारी गर्नुभएको छ ।

त्यस्तै मुस्लिम बाहुल्य देशका आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध पनि हटाउने तयारी थालेको खबरमा उल्लेख छ ।