मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्व. दिले जैसीले जनताका लागि पुर्याएकाे याेगदानकाे सम्मान गरौ : सांसद बोगटी

स्व. दिले जैसीले जनताका लागि पुर्याएकाे याेगदानकाे सम्मान गरौ : सांसद बोगटी

सुदूर आज

अछाम : प्रतिनिधि सभा सदस्य यज्ञ बाेगटीले गणतन्त्र स्थापनाका लागि आफ्नो जिवनकाेआ’हुति दिने स्व. दिले जैसीलाई स्मरण गर्दै जैशिले जनता सामु पुर्याएकाे याेगदानकाे सबैले उच्च सम्मान गर्नु पर्ने बताएका छन् । उनले दिएकाे बलि’दानीपुर्ण भावना सबै कम्युनिस्टहरुले सिकाे गर्दै पार्टीका लागि ठुलाे याेगदान पुर्याउनु पर्नेमा उनले जोड दिए।

एक फरक प्रसंगमा बाेल्दै सांसद बाेगटीले अहिले नेकपाबाट जन निर्वाचित जनप्रतिनिधिहरु अाफ्ना पक्षमा याेजना बाँडफाँड गर्न ब्यस्त रहेकाे र जनअपेक्षा अनुरुप काम गर्न नसकेकाे उल्लेख गरे । दिले जैसी स्मृति प्रतिष्ठान विनायककाे दशै तिहार तथा छठ पर्वको सुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष उपेन्द्र बहादुर शाहीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बाेगटी प्रमुख अतिथि रहेका थिए भने बिशिस्ट अतिथि प्रदेश सभा सदस्य दुर्गा बिक रहेकी थिन।

विशिष्ट अतिथिको आसनबाट बोल्दै सांसद बिकले अछामका स्थानिय सरकार अाफ्नाे जिम्मेवारीबाट पन्छिन खाेजेकाे अाराेप लगाइन । काेराेनाका नाममा प्रदेश सरकारबाट अाएकाे राहत यहाँका स्थानिय सरकारले एकलाैटी ढंगबाट अाफ्ना निकट ब्याक्तीलाई बितरण गरेकाे उनले खुलासा गरिन।

निरं’कुश पञ्चायती व्यावस्थाका प’ञ्चहरुले साेझा साझा जनताहरुलाई द’मन शाे’षण र अ’न्याय अ’त्याचार गरेकाे पटक्कै नसहने, प’ञ्चहरुका विरु’द्ध वि’द्राेहकाे अावाज उठाई जनतालाई पञ्चायति व्यावस्थाका विरु’द्ध संगठित गर्न संधै अघि बढिरहने दिले जैसी सानै उमेरदेखि वि’द्राेही प्रगतिशिल स्वाभाबका थिए ।

गणतन्त्र स्थापनाका लागि आफ्नो ज्या’नको आ’हुती दिने दिले जैसीको २०४८ साल चैत्र १ गते बिनायकमा निर्मम’तापुर्ण ह’त्या गरिएको थियो ।