मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच करोड नाघ्यो

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच करोड नाघ्यो

सुदूर आज

काठमाण्डौ – विश्वभर कोरोना भाइरस कोभिड-१९ का सङ्क्रमितको सङ्ख्या पाँच करोड नाघेको छ । दुई सय १६ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म पाँच करोड तीन लाख ५० हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएको छ ।

सङ्क्रमितमध्ये १२ लाख ५७ हजार चार सय भन्दा धेरैको ज्यान गइसकेको छ भने तीन करोड ५६ लाख भन्दा धेरै निको भइसकेका छन् । विश्वमा अहिले एक करोड ३४ लाख ९१ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा एक करोड एक लाख ८५ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा दुई लाख ४३ हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने ६४ लाख ४२ हजार भन्दा धेरै निको भएका छन् ।

विश्वका नौ वटा देशमा १० लाख भन्दा धेरैमा सङ्क्रमण भएको छ । प्रभावितहरुको दोस्रो सूचीमा रहेको भारतमा ८५ लाख सात हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा एक लाख २६ हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने ७८ लाख ६८ हजार भन्दा धेरै निको भएका छन् । कोरोना सङ्क्रमित भेटिएका आठ वटा देशले सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झारेर कोरोना सङ्क्रमणमुक्त भएका छन् ।