मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल : हैदरावादविरुद्ध ब्याटिङ गर्दै दिल्ली

आईपीएल : हैदरावादविरुद्ध ब्याटिङ गर्दै दिल्ली


काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । फाइनलमा मुम्बई इण्डियन्ससँगको भेट पक्का गर्न आबुधाबीको शेख जयेद स्टेडियममा टस जितेको दिल्लीले पहिले ब्याटिङ गरिरहेको छ ।  

हैदराबादले चार पटक फाइनल खेलोकोमा सन् २०१६ मा च्याम्पियन बनेको थियो । हैदराबाद दिल्लीलाई हराउँदै दोस्रो पटक च्याम्पियन बन्ने सम्भावना कायम राख्न चाहन्छ । 

दिल्लीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भए पनि उनले अहिलेसम्म माैका पाएका छैनन् ।

यता दिल्ली भने पहिलो पटक फाइनलमा पुग्ने प्रयासमा हुनेछ । सुरुवाती नौ खेलमा सात खेल जितेको दिल्लीको पछिल्ला केही खेलमा लय बिग्रिँदा झट्का लागेको छ । आईपीएलको १३ औँ संस्करणमा दिल्ली यो खेलमा हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलमा पुग्न चाहन्छ । 

यो खेलको विजेताले नोभेम्बर १० मा मुम्बईसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । याे खेलमा हैदराबादका लागि ऋद्धिमान शाह उपलब्ध नहुँदा दिल्लीले पृथ्वी शालाई बाहिर राखेकाे छ । 

यस्तो छ दिल्लीको प्लेइङ ११ : शिखर धवन, अजिन्क्या रहाणे, श्रेयस अय्यर, रिषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्षर पटेल, रविचन्द्रन अश्विन, प्रवीन दुबे, कागिसो रबाडा र एनरिच नोर्त्जे । 

यस्तो छ हैदराबादको प्लेइङ ११ : डेभिड वार्नर, श्रीवात्स गोस्वामी, मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, जेसन होल्डर, अब्दुल समाद, राशिद खान, शहबाज नदीम, सन्दीप शर्मा र टी नटराजन ।