मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर

८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ।

मन्त्रालयका अनुसार ८३ जना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत छन् भने ४११ जना संक्रमित आइसियुमा छन्। पछिल्लो समय आइसियु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयको तथ्यांकले देखाउँछ।

शनिबार ४४१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए भने आइतबार ४८० जना संक्रमित थिए। त्यस्तै सोमबारको तथ्यांकअनुसार ४९४ जना संक्रमितहरु आइसियु तथा भेन्टिलेटरमा उपचाररत छन्। 

सोमबार आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २०४ जना आइसियुमा र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन्।

त्यस्तै प्रदेश १ मा ४९ जना आइसियुमा र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियुमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदूरपश्चिममा १५ आइसियुमा र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आइसियुमा र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियुमा उपचाररत रहेका छन्।