मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमल्तडा–लोब्रे जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न, भुलूबासीलाई सौभाग्य

अमल्तडा–लोब्रे जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न, भुलूबासीलाई सौभाग्य


अछाम। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अमल्तडा देखि अछामको तुर्माखाँद गाउँपालिका–२ भुलु (लोब्रे) जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनका बिचमा पनि निरन्तर काम सञ्चालन गरी समयमा नै पुल निर्माण्को काम सम्पन्न भएको हो ।

शनिबार पुलको उद्घाटन दैलेख निर्वाचन क्षेत्र नं.–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले गरेका छन् । यद्यपी, पुलको निर्माण कार्य भने गत असोज महिनामै सम्पन्न भइसकेको थियो ।खाम्पाटे/डेब,भुमी जेभि निर्माण कम्पनीले (२०७६) माघ महिना देखि पुल निर्माणको काम सञ्चालन गरी (०७७) असोजमै सम्पन्न गरेको जनाएको छ ।

शनिबार पुलको उद्घाट कार्यक्रममा सहभागी चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर,उपभेयर र प्रतिनिधि सभा सदस्य राजबहादुर बुढा लगाएत । तस्वीर : तारा शाहीको फेसबुक

करिब ८८ लाख लागतमा निर्माण भएको पुलले दुबै क्षेत्रका बासिन्दालाई कर्णाली नदी वार–पारमा सहज बनाएको छ । कर्णाली नदीमा बनेको पुलको लम्बाई १ सय ५६ मिटर रहेको निर्माण कम्पनीका प्रतिनिधि मदन शाहीले बताए ।

पुलमा चामुण्डाबिन्द्रासैनी नगरपालिका र सस्पेन्सन ब्रिज डिभिजनको आर्थिक सहयोग तथा हेल्भेटासको प्राविधिक सहयोग रहेको छ,’उनले भने ।

सम्पन्न भएको झोलुङ्गे पुल । तस्वीर : मदन विकको फेसबुक

पुलबाट करिब ८० प्रतिशत तुर्माखाँद –२ भुलीबासी र २० प्रतिशत चाविनपाबासी प्रत्यक्ष रुपमा लाभान्वित हुने छन्,’ चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ का वडा–अध्यक्ष ईन्द्र चौलागाईँले भने । पुल सञ्चालनमा आए सँगै डुङ्गा (नाउ) र ट्युवको सहायताबाट कर्णाली नदी तर्नुपर्ने बाध्यता टरेको छ,’उनले भने ।

भुलूबासीका लागि सौभाग्य

‘ हुनत अहिलेको समयमा पनि झोलुङ्गे पुलका कारण नागरिकमा खुसीयाली भन्दा पत्यार नलाग्ना सक्छ । हो, यो समय सम्म आईपुग्दा सामान्य ग्रामिण सडक, पक्की पुल हुनुपर्ने हो । बिडम्वना भुलूबासी राज्यबाट पाउने हरेक सेवा–सुविधाबाट टाढा छन्,’ कारण हो भौगोलिक विकट्ता ।’ दशकौँ देखि ढुङ्गाको भरमा नदी वार–पार गरेर गर्नुपर्ने बाध्यता झेलिरहेका भुलूवासीलाई ‘झोलुङ्गे’ पुलले सौभाग्य मिलेको अनुभूती गराएको छ ।

‘ हुनत अहिलेको समयमा पनि झोलुङ्गे पुलका कारण नागरिकमा खुसीयाली भन्दा पत्यार नलाग्ना सक्छ । हो, यो समय सम्म आईपुग्दा सामान्य ग्रामिण सडक, पक्की पुल हुनुपर्ने हो । बिडम्वना भुलूबासी राज्यबाट पाउने हरेक सेवा–सुविधाबाट टाढा छन्,’ कारण हो भौगोलिक विकट्ता ।’

भुलूकी सिता शाहीले भनिन,‘ पुल बन्नु भनेको हाम्रा लागि सौभाग्य हो ।’ पहिला हामी डोकोमा तरकारी, फलफुल बेच्नका लागि कर्णाली पारी राजमार्ग जान्थेम । हामीलाई दैनिक आवाश्यक पर्ने दाल, चामल, नुन, तेलको लागि पनि पाल्तेडा बजारकै मुख ताक्नुपर्छ ।

कर्णाली नदीमा ट्युव, त कहिले ढुङ्गा चढेर जाँदा, थाह हुन्थेन कहिले कर्णालीमा खस्ने हो ,’उनले भनिन् । अब त हामी डोकोमा बोकेर भएपनि ढुक्का साथ आफ्नो उत्पानलाई सहज रुपमा बजारिकरण गर्न जान्छौँ ।’

पुल बन्नुभन्दा पलिहा ढुङ्गाको सहायताबाट पाल्तेडा देखि भुलू जाँदै गरेका नेपाल प्रहरी सहित । तस्वीर : सामाजिक सञ्जाल

यस्तै लोब्रे गाउँका बालबालिकाकाले अध्ययन गर्ने विद्यालय पनि पाल्तेडा बजार मै छ । साना–साना बालबालिकाहरुले पनि ढुङ्गा, ट्युवमै वार–पार गर्नुपर्ने बाध्यता पुलले टरेको छ । तुर्माखाँद –२ का वडा सचिव जनक थापाले पुलले भुलूवासीलाई निकै सहज बनाएको बताए । ‘‘भुलू सुन्तला र तरकारी उत्पादनमा हिसाबले राम्रो क्षेत्र हो ,’थापाले भने, ‘सामान्य विक्री गर्नका लागि भएपनि कर्णाली पारी नगएर सुख्ख छैन ।’