मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु, २ हजार ७३६ संक्रमित थपिए

२४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु, २ हजार ७३६ संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ९५३ संक्रमित निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । 

नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । यसमध्ये १ लाख ६० हजार ५७७ जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको कुल संख्या १ हजार १४८ पुगेको छ । 

३८ हजार ३५ जना आइसोलेसनमा रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।