मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

सुदूर आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । कांग्रेसले बिहीबारका लागि निर्धारण गरेको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको हो ।

बिहीबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेका कारण बैठक सारिएको पनि बताए ।

“उपसभापतिजी र सिटौलाजी हामे आइसोलेसनमा हुनुहुन्छ । उहाँ दुबैले आज पीसीआर परिक्षणका लागि स्वाब दिनुभएको छ,” मुख्य सचिव पौडेलले भने, “भोलि रिपोर्ट आएपछि पर्सी बैठक बस्छ ।”

केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकका लागि गरिएको कोरोना परीक्षणका क्रममा दुबै नेताको सुरक्षार्थ खटिएका दुई जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो । सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उपसभापति निधि र नेता सिटौला होम आइसोलेसनमा बसेका छन् ।