काठमाडौं – सरकारले कोरोनाविरुद्धको भ्याक्सिन तथा औषधि खरिद तथा व्यवस्थापन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले अध्यादेश स्विकृतिको प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाइसकेको जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले पनि कोरोना विरुद्धको खोप खरिद गर्ने र खोप खरिदका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय समिति गठन गरिसकेको छ।
अमेरिकास्थित फाइजर कम्पनीले बनाएको कोरोना विरुद्धको खोप तेस्रो चरणमा ९० प्रतिशत र रुसले पनि आफ्नो खोप ९२ प्रतिशत सुरक्षित रहेको दाबी गरेका छन्।
डा. पोखरेलले भने, ‘आकस्मिक रुपमा प्रयोग भइरहेका औषधि र अब आउने खोप तथा औषधि नेपाल ल्याउन सहज होस् भनेर मस्यौदा तयार पारिएको हो।’
नेपालमा हाल स्वास्थ्य अनुसन्धान परिषद्ले ट्रायल गरि ‘रेम्डिसिभिर’ औषधिलाई आकस्मिक औषधिको रुपमा प्रयोग गरेको छ। यो औषधि विश्वका अन्य देशहरूले पनि प्रयोग गरिरहेका छन्।
प्रतिक्रिया